Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


कैलालीमा बाढीले बगाउँदा दुई मजदुर बेपत्ता


0
Shares

कैलाली । बाढीले बगाउँदा खोला छेउमा पाल टाँगेर बसेका दुई मजदुर बेपत्ता भएका छन् ।

चुरे गाउँपालिका–१ को पातले खोलामा गएराति अविरल वर्षासँगै आएको बाढीमा सहजपुर–बोगटान सडकखण्डमा मजदुरी गर्दै आएका दुई मजदुर बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरियाका अन्दाजी ४५ वर्षीय कमल थापा र सोही ठाउँका अन्दाजी २४ वर्षीय गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बेपत्ताहरुको खोजी कार्य भइरहेको जनाइएको छ ।