Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


पत्रकारलाई दु: ख दिनेगरी मिडिया काउन्सिल विधेयक ल्याउँदै सरकार

सञ्चारआवद्ध संघसंस्थाद्वारा विरोध तथा भर्त्सना

221
Shares

काठमाडौं । सरकारले आमसञ्चारकर्मीलाई विभिन्न दु:ख र पीडा दिनेगरी मिडिया काउन्सिल विधेयक ल्याउने गृहकार्य अघि बढाएको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले मिडिया काउन्सिल विधेयक ल्याउँदा कडा विरोध गरेको त्यतिखेरको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अहिले आफैं सत्तामा रहँदा फेरि पत्रकारलाई नै दु:ख दिनेगरी सोही विधेयक ल्याउने गृहकार्य अघि बढाएको हो ।

प्रजातान्त्रिक मानिएको सरकारले पत्रकारलाई दु:ख दिने, पत्रिकाको दर्ता नै खारेज गर्ने र विभिन्न बहानमा पत्रकारलाई जेल हाल्नेगरी ल्याउन लागिएको विधेयकप्रति पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिले आपत्ति र भर्त्सना व्यक्त गरेका छन् ।

उनीहरूले विधेयक यही रुपमा आएमा त्यसविरुद्ध आमसञ्चारकर्मीहरू देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।