२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


लाइन्सेसराजले अर्थतन्त्रमा विकृति बढाएको स्वीकार


4.758k
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले लाइसेन्सराजका कारण अर्थतन्त्रमा विकृति बढेको बताएका छन् ।

लाइसेन्स दिँदा पैसा खाने प्रचलन बढेको भन्दै उनले लाइसेन्सराजको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औं वार्षिक साधारणसभामा बोल्दै शनिबार उनले लाइसेन्स दिँदा विभिन्न खाले हल्ला हुने तथा लाइसेन्सले हरेक क्षेत्रमा एकाधिकार जन्माएको पनि बताए । कुनै क्षेत्रमा पनि एकाधिकार हुनु हुँदैन । उनले भने, ‘त्यसैले बैंकको लाइसेन्स पनि खुला हुनुपर्छ ।’

हरेक क्षेत्रमा सिन्डिकेटको व्यवस्था रहेको भन्दै उनले बिमा, बैंकिङलगायतका क्षेत्रमा पनि त्यसको प्रभाव रहेको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।