२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रत्यक्षबाट किन पछि हटे निधि ?


559
Shares

काठमाडौं । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका अन्य दलसँग तालमेलको गृहकार्यमा जुटेका बेला पार्टीका प्रभावशाली नेता विमलेन्द्र निधिले समानुपातिकतर्फ बस्ने निर्णय गरेका छन् ।

माओवादी केन्द्रसहितका राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाँदा कांग्रेसका अधिकांश नेता चुनाव जित्नेमा ढुक्कजस्तै देखिएका बेला निधिले भने प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने निधो गरेका हुन् ।

पार्टी निर्देशनअनुसार क्षेत्र र जिल्लाबाट धमाधम उम्मेदवार सिफारिस भइरहेका बेला निधिको गृहजिल्ला धनुषाबाट उनको नाम प्रत्यक्षतर्फ आएन । २०७४ सालको निर्वाचनमा धनुषा–३ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोसँग पराजित भएका निधि अहिले सोही क्षेत्रबाट समानुपातिकमा सिफारिस भएका हुन् ।

पार्टी क्षेत्रीय समितिले निधिको नाम समानुपातिकमा राख्दै शुक्रबार प्रत्यक्षतर्फ अन्य नेताहरूको नाम पठाएको छ । धनुषा–३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न जिल्ला सभापति योगेन्द्र पञ्जियार, नेताहरू गणेश तिवारी र परमेश्वर महासेठले आवेदन दिए पनि पूर्वउपसभापति निधिले भने समानुपातिक रोजे ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।