Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


आफैले बोकेको खुकुरी कोखामा रोपिएपछि एक पुरुषको मृत्यु


0
Shares

काठमाडौं । आफैले बोकेको खुकुरीले आफैलाई चोट लाग्दा एक पुरुषको मृत्यु भएका छ ।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-३ सुनकोशी बस्ने वर्ष ५० को ज्ञान बहादुर श्रेष्ठको चिप्लने क्रममा आफैले बोकेको खुकुरीले कोखामा रोपिएर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

श्रेष्ठ तरकारी खेती गर्न टनेल बनाउन घर भन्दा तीन सय मिटर पर बाँस झाँङमा बाँस काट्ने क्रममा चिप्लिएर लड्न गई आफैले बोकेको खुकुरी आफ्नै बाँया कोखामा रोपिएर घाइते भएका थिए ।

श्रेष्ठलाई छोराले बोलाउँदै जाँदा घाइते अवस्थामा भेटेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे ल्याइएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमपछि आजै परिवारलाई जिम्मा लगाइने काफ्लेले बताए ।