कांग्रेसमा देखिएको दम्भ र अहंकारका कारण छलफल सार्थक हुन सकेन : अध्यक्ष नेपाल « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


कांग्रेसमा देखिएको दम्भ र अहंकारका कारण छलफल सार्थक हुन सकेन : अध्यक्ष नेपाल


2.067k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नजिकिँदो निर्वाचनलाई लिएर कांग्रेसको दम्भ बढ्दै गएको आरोप लगाउनुभएको छ ।

शनिबार विराटनगरमा आयोजित पेसागत महासंघको जिल्लास्तरीय भेलाका क्रममा अध्यक्ष नेपालले कांग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण उम्मेदवारीको दलीय भागवण्डामा टुङ्गो लाग्न नसकेको बताउनुभयो ।

नेपाली कांग्रेसकै अहंकारका कारण सिट बाँडफाँड टुंगो लाग्न नसकेको उहाँको भनाई छ । अघिल्लो निर्वाचनमा २३ सिट मात्रै जितेको कांग्रेसले अब त्यसको तीन गुणासम्म मात्र दावी गर्न सक्ने अध्यक्ष नेपालको तर्क छ ।

सिट बाँडफाँडका लागि छलफल भइरहेको भन्दै उहाँले कांग्रेसमा देखिएको दम्भ र अहङ्कारका कारण छलफल सार्थक नभएको बताउनुभयो ।