१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


आइसोलेसनमा उपचाररत युवकले १० दिनमै कोरोना जिते


0
Shares

डडेल्धुरा । कोरोना संक्रमित डडेल्धुराका युवकले कोरोनालाई जितेका छन् ।

परशुराम नगरपालिका १० डडेल्धुराका २८ वर्षीय युवकमा गत जेठ ९ गते कोरोनाको संक्रमण पुष्टि भएपछि डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचारत युवकले १० दिनमै कोरोना जितेका हुन् ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र विष्टले जानकारी दिए ।

सुदूरपश्चिममा आजसम्म कोरोना संक्रमितको संख्या २७ पुगेको छ । साथै डडेल्धुरा बहुमुखी क्याम्पस क्वारेन्टाइनमा मृत्यु भएको भनिएका नवदुर्गा गाउँपालिका वडा नं. ३ का साढे छ वर्षका बालकको पनि पिसिआर परीक्षण नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ ।