१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


पाल्पामा पनि भित्रियो कोरोना, तीन जना संक्रमित


0
Shares

पाल्पा । पाल्पामा पहिलो पटक तीन जनामा पुरुषमा कोरोना सक्रमण देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।

सक्रमण हुनेमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका १९ वर्षीय पुरुष र रैनादेवी छहरा गाउँपालिकाका ३८ र ४० वर्षका पुरुष रहेका छन् ।

तीनै जना संक्रमित भारतबाट आएका हुन् ।

संक्रमितलाई तानसेनको वृद्ध आश्रमा निर्माण गरिएको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।