काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धेरै आम्दानी हुने र पैसा पाइहाल्ने काममा मात्रै सरकारले सोच्ने गरेको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।
शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको बताउनुभयो । उहाँले सरकारले देशको भविष्य सोचेर पेट्रोल र डिजेलमा विदेशीएको लाखौं रुपैयाँ रोक्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले देशबाट डिजेल र पेट्रोलमा विदेशिएको रकमलाई रोक्न पूर्ण विद्युतीय सवारी साधनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपालबाट विदेश जाने अर्बाैं रुपैयाँ रोक्नसके अर्थतन्त्रमा अपेक्षाकृति सुधार हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सरकारले विद्युतीय सामग्रीको प्रयोगमा जोड दिएर डिजेल र पेट्रोलबाट चल्ने सामग्री विस्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले देशले निर्यात गरेर कमाउने कुनैपनि श्रोतहरु नदेख्दा भावी सन्ततीले के गर्लान भन्ने चिन्ता लागेको बताउनुभयो । उहाँले देशभर नै विद्युतीय सवारी सञ्चालन गर्ने नियम बनोस् भन्ने आफ्नो चाहना रहेको पनि बताउनुभयो ।
वरिष्ठ कलाकार श्रेष्ठले देशभर विद्युतीय सवारी सञ्चालन गर्नसके देशले थोरै भएपनि प्रगति गरेको छ भन्नसक्ने अवस्था रहने भन्दै पूर्ण विद्युतीय सवारी साधनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्