Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


अर्घाखाँचीबाट संघको निर्वाचनमा उपसभामुख भुसाल उम्मेदवार बन्दै


1.3k
Shares

अर्घाखाँची । उपसभामुख तथा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले आगामी मंसिर ४ गते हुने संघको निर्वाचनमा अर्घाखाँचीबाट प्रत्यक्षतर्फ उम्मेदवार हुने बताउनुभएको छ ।

शनिबार पत्रकार महासंघ अर्घाखाँची शाखाले सदरमुकाम सन्धिखर्कमा गरेको सम्मान तथा भेटघाट कार्यक्रममा उपसभामुख भुसालले यस्तो बताउनुभएको हाे । पार्टीले टिकट दिएमा आफू संघको निर्वाचनमा उम्मेदवारी बन्ने उहाँले बताउनुभएको छ ।

२०६४ सालमा जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेको २ नम्बर क्षेत्रबाट निर्वाचित भएकाे उहाँले बताउनुभयाे । अहिले एउटा मात्र निर्वाचन क्षेत्र भएकाले एउटा क्षेत्रबाट निर्वाचनमा जान इच्छा लागेको उहाँले बताउनुभयाे ।

पछिल्लो समय बादर बंदेल लगायताका वन्यजन्तुले किसानले उत्पादन गरेको बाली नाली नष्ट गरी विस्थापित हुने जस्तो समस्या अर्घाखाँचीसहित देशका अधिकांमश स्थानमा भएकाले यसको नियन्त्रणको लागि राष्ट्रिय निति बनाएर लागेमा देशको अर्थतन्त्रमा पनि टेवा पुग्ने बताउनुभएको छ ।

त्यस्तै अर्घाखाँचीको मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डलाई अहिले ७ करोड बजेट परेकोले यसले सामान्य समस्या पनि समाधान गर्न नसक्ने उहाँले बताउनुभयाे । तर अब ३० करोड बजेट थप भए मात्र केही सडक स्तरउन्नति गर्न सकिने बताउदै यसमा सम्बन्धित निकायमा पहल गर्ने समेत उहाँले बताउनुभयो ।