१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


जुम्लाका मात्र १९ जनालाई कोरोना संक्रमण


0
Shares

-कृष्ण बोहोरा/ ईमेज

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइतवार गरिएको पीसीआर परीक्षणमा ४३ जनामा कोरोना भाइसर पोजेटिभ देखिएको छ ।

भारतबाट आएर कर्णाली प्राविधिक शिक्षालयमा रहेको क्वारेन्टाइनमा वसेका जुम्लाका १९ जनामा कोरोना भाइसरको संक्रमण देखिएको हो । दुई जना सुरक्षाकर्मी समेत रहेका छन् । त्यस्तै अस्पतालमा गरिएको परिक्षणमा दैलखेका २४ जनामा संक्रमण पुष्टि भएको छ ।

जुम्लामा पीसीआर परीक्षणबाट पहिलो पटक सुरक्षाकर्मीसहति १९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले वताए ।

लक्षण देखिएका र अस्पताल ल्याउनुपर्ने खालका संक्रमितलाई अस्पतालमा ल्याए उपचार गर्न अस्पतालले सम्पूर्ण तयारी पूरा गरेको छ ।

क्वारेन्टाइनमा वसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइन गरिएको स्थल कर्णाली प्राविधिक शिक्षालयलाई सिल गर्ने तयारी स्थानीय प्रशासनले गरिरहेको छ ।

भारतबाट पछिल्लो समय ह्वार ह्वारती जिल्ला भित्रिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

जिल्लाभरिका आठवटै स्थानीय तहको एकिकृत क्वारेन्टाइन वनाइएको स्थल कर्णाली प्राविधिक शिक्षालयमा ठाउं नभएपछि भारतबाट आएका अन्य मानिसहरुलाई राख्ने ठाउमा चुनौति देखिएको छ । क्वारेन्टाइनमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।