२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


निष्ठूरी कोरोनाले दुई वर्षे बालकलाई पनि छाडेन, मृत्यु हुनेको संख्या ८ पुग्यो


0
Shares

काठमाडौं, जेठ १८ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट दुई वर्षे बालिकाको मृत्यु भएको छ । यो सहित अहिलेसम्म कोरोनाकै कारण आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय बाजुरामा एक साताअघि भारतबाट आमाबुबासँग आएकी दुई वर्षीया बालिकाको मृत्यु भएको हो । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लक्षणहरु देखिएका थिए । उनको परिवार आठ दिनअघि भारतबाट फर्किएको हो ।

यसैगरी शनिबार दैलेखको दुल्लुमा पनि एकजना पुरुषको मृत्यु भएको थियो । योसँगै मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् ।

शनिबार भने दुल्लु नगरपालिका ११ दैलेखका ३५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक जनाको मृत्यु भैसकेको छ ।