राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित


975
Shares

काठमाडौं । राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रश्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रश्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।