Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


देशमा एउटा असल व्यक्तिको खाँचो छ : अध्यक्ष ओली


1.4k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताउनुभएको छ ।

उहाँले मुलुकमा एउटा असल व्यक्तिको खाँचो रहेकाले मुलुक उसैलाई सुम्पिन चाहेको बताउनुभयो ।

नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको अवसरमा मोरङको सुन्दरहरैँचामा शुक्रबार इन्द्रपुर जेसीज आतिथ्य शाखाको रूपमा रहेको समारोहमा उहाँले नेपालको हित र विकासका लागि सबै नेपाली सचेत भएर अघि बढ्न जरूरी रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले नयाँ देश बनाउने मान्छे अरू कोही नभएर तपाईंहरू स्वयं भएको उल्लेख गर्नुभयो । उहाँले देशलाई समाजिक, आर्थिकरूपमा अघि बढाउन एकता र नेतृत्वको खाँचो भएको उल्लेख गर्दै भन्नुभयो, “नेपाल नेपालीले बनाउने तथा चलाउने हो, अरूले होइन ।”

उहाँले हाम्रो देश प्रकृतिको सुन्दरतामा समेत धनी भएकाले विश्वको अग्लो सगरमाथाको शिखरदेखि तराईका होचा खेतीयोग्य जमिनको भुगोलसमेतले देशको पहिचान र सुन्दरता बोकेको बताउनुभयो ।