सिट बाँडफाँट सम्मानजनक हुनुपर्छ : अध्यक्ष नेपाल « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


सिट बाँडफाँट सम्मानजनक हुनुपर्छ : अध्यक्ष नेपाल


1.404k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिनुभएको छ ।

पार्टी निकट नेपाल आदिवासी जनजाति महासङ्घ कास्कीको प्रथम भेलाको शुक्रबार पोखरामा शुभारम्भ गर्दै उहाँले
गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक र सहमतिका साथ हुनुपर्दछ भन्नुभयो । अध्यक्ष नेपालले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायतका कम्युनिष्ट पार्टीसँग पार्टी एकताको कुराकानी र वार्ता संवाद चलिरहे पनि चुनाव अघि एकता नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले गठबन्धनको मात्र भर नपरिकन आफ्नो जिल्ला र प्रदेशमा पार्टीको नीति प्रचारप्रसार गर्न र जनवर्गीय सङ्घ सङ्गठनको विस्तारमा ध्यान दिन आग्रह पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले लोपोन्मुख जाति, भाषा, संस्कृतिको रक्षाका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।