
काठमाडौं । प्रतिनिधि सभाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।
बैठकमा सो विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला)ले गर्नुभएको प्रश्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
त्यस्तै, बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभाको सन्देश सहितको नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रश्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको आगामी बैठक भदौ १९ गते आइतबार दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्