१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


साताको अन्तिम दिन नेप्से परिसूचक १ दशमलव ६७ अंकले घट्यो


104
Shares

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार दुई घण्टा खुलेको सेयर बजारमा जम्मा ६९ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक १ दशमलव ६७ अंकले घटेर १९७० मा कायम भएको छ । कुल ७३ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने १७ को स्थिर रह्यो । बैंकिङ १ दशमलव ७, विकास बैंक ९ दशमलव ६, फाइनान्स ५ दशमलव १, होटल तथा पर्यटन ७ दशमलव ५, जीवन बीमा ५ दशमलव ६, उत्पादन २२ दशमलव ९, निर्जीवन बीमा ३१ र व्यापार उपसमूह शुन्य दशमलव ४ अंक घटे ।

अन्य ७ दशमलव २ र जलविद्युत् उपसमूह भने शुन्य दशमलव ९ अंक बढे । सपोर्ट माइक्रोफाइनान्स र रुरु जलविद्युत्को मूल्य ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा अगाडि रह्यो । सो कम्पनीको १० करोडको कारोबार हुँदा मूल्य प्रतिकित्ता ३ रुपैयाँ घटेर ९१२ रुपैयाँमा झरेको छ ।

कारोबार रकमका आधारमा टेलिकमपछि नबिल, अरुणकाबेली, रिडी र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।