१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


कोरोना भाइरसको संक्रमणसँगै डेंगीका विरामी पनि बढ्दै


0
Shares

काठमाडौं । म्याग्दीमा कोरोना भाइरसको संक्रमणसँगै डेंगीका विरामी पनि बढ्दै गएको छ ।

मंगला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा हिजो डेंगी देखिएपछि जिल्लामा डेंगी संक्रमितको संख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् ।

लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुने भन्दै बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमृत अधिकारीले फोहर र पानी जम्ने ठाउँ सफा गर्न सुझाव दिए ।

वर्षाको समय शुरु भएसँगै गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ, टायर र गमलालगायतको विशेष सफाइमा ध्यान दिनुपर्ने उनको भनाई छ ।