बैतडीमा ४५ यात्रु सवार बस दुर्घटनामा « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


बैतडीमा ४५ यात्रु सवार बस दुर्घटनामा

सबै यात्रुको उद्धार

2.067k
Shares

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ हरिचन मोडमा यात्रु बहाक बस दुर्घटना भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ आइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस आज (शुक्रबार) बिहान करिब ५ बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएकाे छ ।

४५ जना यात्रु सवार बस सडकबाट करिब ५ मिटर तल खसेको हाे । दुर्घटनमा मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो ।

साेही दुर्घटनामा सबै यात्रुको उद्धार गरिएको उहाँले बताउनुभयाे । बसका चालकलाई भने नियन्त्रणमा लिएकाे उहाँले बताउनुभएकाे छ । बसको स्टेरिंग फेल भएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।