
काठमाडौं । नेपाली कांग्रेसले गम्भीर मुद्दाका आरोपितलाई प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एकल उम्मेदवार सिफारिस गरेको छ ।
रौतहट–२ क्षेत्रीय समितिको बैठकले गम्भीर आरोपमा पुर्पक्ष थुनामा रहेका महम्मद आफताब आलमलाई मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोही क्षेत्रबाट एकल उम्मेदवार बनाउन सिफारिस गरेको हो ।
क्षेत्रीय सभापति सेख फैजुल्लाहको अध्यक्षतामा बसेको बैठकले आलमलाई प्रतिनिधिसभा सदस्यका लागि रौतहट–२ बाट एकल उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले आलमलाई एकल उम्मेदवार बनाउने निर्णयसहित क्षेत्रीय समितिले जिल्लालाई सिफारिस गरेको जानकारी दिए ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्