३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024


साढे ७ प्रतिशत जनता अझै विद्युत् पहुँचभन्दा बाहिर


13
Shares

काठमाडौं । कुल जनसंख्याको ९२ दशमलव ५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको भए पनि नेपाल विद्युत् प्राधिकरणले अझै ३५ स्थानीय तहमा विद्युत् पुर्‍याउन सकेको छैन् ।

विद्युतीकरण तथ्यांक, २०७९ अनुसार ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । त्यस्तै, २४२ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ ।

विद्युत्को पहुँच पुगेकामध्ये ९२ दशमलव ३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र शून्य दशमलव १४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत् पाएका छन् ।

तथ्यांकअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा ९९ दशमलव ९५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६ दशमलव ७९ प्रतिशत विद्युतीकरण भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।