७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024


प्रहरीले जाहेरी लिन मानेन


494
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकबाट माइन्युटलगायत महत्त्वपूर्ण कागजात लुटपाट गर्नेमाथि कारबाही माग गर्दै विश्वविद्यालय कार्यकारी परिषद्ले दिएको जाहेरी प्रहरीले लिन इन्कार गरेको छ ।

नेविसंघका विद्यार्थी नेता योगेन्द्र रावल र श्यामराज ओझाको नाममा जाहेरी दिँदा प्रहरी वृत्त दरबारमार्गले लिन इन्कार गरेको विश्वविद्यालयले जनाएको छ ।

१० गते कार्यकारी परिषद्को बैठक थियो । बैठक भइरहँदा नाराबाजी गरी माइन्युट खोस्न पुगेको रावल र ओझाको टोलीले हातपात गरी महत्त्वपूर्ण कागजात लुटेर लगेका थिए ।

माइन्युटसहित लुटपाटमा संलग्नमाथि पक्राउ गरी कारबाही गर्न माग गर्दै त्रिवि कार्यकारी परिषद्ले किटानी जाहेरी दिएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।