
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व.नेता प्रदीप गिरीलाई उन्मुक्तचेताको रुपमा स्मरण गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा भएको १३ दिनको औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले स्व.नेता गिरीलाई उन्मुक्तचेताको रुपमा रहेको बताउनुभएको हो । उहाँले स्व. गिरी विचारले समाजवादी र व्यवहारले मुक्तचेता रहेको भन्दै स्मरण गर्नुभयो । वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसको इतिहासमा नै पद र सत्ताको लोभ नगर्ने पहिलो नेताकाके रुपमा स्मरण गर्नुभयो ।
पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईमा पनि पद र सत्ताको लुलुप्ता नरहेको तर सत्ताको खेल अलिअलि खेल्नुभएको भन्दै उहाँले स्व. नेता भट्टराई भन्दापनि स्व. नेता गिरी सत्ताको खेलमा नलागेको बताउनु भयो । उहाँले आफूलाई लागेको कुरा निर्धक्कसँग जसको सामुमा पनिराख्ने र उहाँको व्याख्यामा कम्युनिष्टहरु पनि स्तब्ध भएर सुन्ने प्रतिभा रहेको उल्लेख गर्नुभयो ।पार्टी महामन्त्री गगनकुमार थापाले स्व. गिरीमा राजनीतिक दल रुपान्तरणका माध्यम भएनन्, सत्ता प्राप्तिका औजार मात्र भएको चिन्ता रहेको बताउनु भयो ।
उहाँले स्व.नेता गिरीलाई राजनीतिक दलका कार्यकर्तामा ज्ञान र परिवर्तनको भोक हुनुपर्नेमा सत्ताभोगको भोग मात्रै भयो भन्ने चिन्ता रहेको बताउनु भयो । उहाँले सत्ताभोगमा लिप्त नेता र कार्यकर्तालाई रुपान्तरणको भोक ल्याउनसके मात्रै स्व.गिरीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।
उहाँले स्व. गिरीका निम्ति सबैले भोट हाल्न पाउनु प्रजातन्त्र थिएन, हार्नेको पनि भोट गनिनु प्रजातन्त्र रहेको र बोल्न पाउनुमात्रै स्वतन्त्रता नभई सबैले बोलेका कुराको अर्थ रहे मात्रै स्वतन्त्रता हुने उहाँको चिन्तन रहेको स्मरण गर्नुभयो । महामन्त्री थापाले स्व. गिरीका मौलिक कुरालाई कसरी जोगाउन सकिन्छ भन्नेकुरा मुख्य विषय भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्