१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


सप्तरीमा कोरोना संक्रमितलाई राख्न ‘आइसोलेसन’कक्षको अभाव


0
Shares

सप्तरी, जेठ १७ । सप्तरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ‘आइसोलेसन’कक्षको अभाव भएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २६ ओटा आइसोलेसन बेड छन् । जिल्लामा कोरोना संक्रमितको संख्या भने ४२ जना पुगेको छ ।

संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन अभाव भएपछि राजविराजस्थित साईकृष्णा अस्पतालमा आइसोलेसन निर्माणकार्य थालिएको छ ।

उक्त आइसोलेसन तयार हुन अझै दुई–तीन दिन लाग्ने गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।