
कपिलवस्तु, जेठ १७ । कपिलवस्तुमा शनिबार कोरोना संक्रमण पुष्टि भएका १०९ जनामध्ये ७७ जना तीन पालिकाका बासिन्दा रहेका छन् ।
महाराजगन्ज नगरपालिकाका १६ देखि ४५ वर्षसम्मका ३३ जना पुरुष र दुई महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै तीन साताअघि भारतबाट आएका थिए ।
यस्तै, कृष्णनगर नगरपालिकाका १८ देखि ४५ वर्षसम्मका १६ जना पुरुषमा पनि संक्रमण भेटिएको हो ।
कपिलवस्तुमा हालसम्म कोरोना संक्रमितको संख्या २६५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले जानकारी दिए ।
संक्रमितमध्ये १५ जनाले कोरोना जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्