महानगरले अब होर्डिङ बोर्ड पनि हटाउने « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


महानगरले अब होर्डिङ बोर्ड पनि हटाउने


12.35k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड समेत हटाउने भएको छ ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको महानगरले अब होर्डिङ बोर्ड पनि हटाउन लागेको हो ।

त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको महानगरपालिकाले जनाएको छ ।