१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


दैलेखको ‘क्वारेन्टाइन’मा मृत्यु भएका युवकको कोरोना ‘रिपोर्ट पोजिटिभ’


0
Shares

दैलेख, जेठ १७ । दैलेखको ‘क्वारेन्टाइन’मा शनिबार बिहान मृत्यु भएका युवकको कोरोना ‘रिपोर्ट पोजिटिभ’ देखिएको छ ।

दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको शनिबार बिहान अकस्मात् मृत्यु भएको थियो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले युवकको नतिजा पोजिटिभ आएको पुष्टि गरेका हुन् ।

उनी ७९ जना साथीहरुसहित १२ दिनअघिमात्रै भारतको गुजरातबाट गाउँ फर्किएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा उनको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो ।