Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


माटोको ढिस्कोले पुरिएर युवकको मृत्यु, एकजनाको अवस्था चिन्ताजनक


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ १७ । कैलालीमा माटोको ढिस्कोले पुरिएर शनिबार एक युवकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–८ का १८ वर्षीय भुवन बोहोराको मृत्यु भएको हो । 

घर लिपपोतका लागि माटो खन्नेक्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर उनी गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

ढिस्कोले पुरिएर घाइते भएकी स्थानीय ४० वर्षीया दुर्गा मन्नीको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।