१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


‘स्वास्थ्य क्षेत्रमा बजेट अपुग’


0
Shares

कैलाली, जेठ १७ । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेपनि सरोकारवालाले कार्यान्वयनमा शंका गर्न थालेका छन् ।

विगतका वर्षमा देखिएको बजेट खर्चको प्रवृत्तिका कारण यस वर्षको बजेट पनि कागजमैमात्र हुने हो कि भन्ने चिन्ता लागेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।

ओझाले सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्न सके स्वास्थ्य सेवा प्रभावकारी हुने बताए ।

सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि कुल बजेटको करिब १० प्रतिशत छुट्याउनुपर्ने भएपनि त्यसमा सरकारले चासो नदिएको सरोकारवालाहरुको आरोप छ ।

संघीय सरकारले स्वास्थ्य क्षेत्रका लागि छुट्याएको बजेट अपुग हुने स्वास्थ्य क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् ।

विगतका वर्षभन्दा सरकारले स्वास्थ्यमा बजेटको आकार केही बढाएपनि त्यो अपुग हुने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए ।

उनले स्वास्थ्य पूर्वाधारका लागि सरकारले बजेट विनियोजन गरेपनि नागरिकको आधारभूत स्वास्थ्य सुधारका लागि बजेट विनियोजन कम भएको बताए ।