Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


फियनको प्रशंसनीय कामः आफ्नो तलबबाट श्रमिकलाई राहत


0
Shares

काठमाडौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)युवा समितिले लकडाउनको मारमा रहेका अनौपचारिक क्षेत्रमा कार्यरत ८२ घर परिवार श्रमिकहरुलाई खाद्यान्न सामाग्री राहत स्वरुप वितरण गरेको छ ।

फियनका पदाधिकारीहरु, युवा समितिका पदाधिकारीहरु र संघसंग आबद्ध विभिन्न शाखाका कर्मचारीहरुले आफ्नो एक दिनको पारिश्रमिक कटाएर समस्यामा रहेका गलैंचा, रिक्सा ठेला, छापाखाना र निर्माण मजदुरहरुलाई खाद्यान्न सहयोग गरेका हुन् ।

राहत वितरण गर्नु हुदै फियनका वरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनालले लकडाउनका कारण समस्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकलाई ठुलो सहयोग गर्न नसके पनि औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने सबै श्रमिक वर्ग नै भएकोले साथीहरूको दुःखमा साथै छौ भन्नका लागी उभिएको बताए ।

फियन युवा समितिले भक्तपुरका गलैंचा ,निर्माण क्षेत्रमा कार्यरत ४० घर परिवार र काठमाडौका रिक्सा ठेला, निर्माण, छापाखानामा कार्यरत ४२ घर परिवार समेत गरि ८२ घर परिवार श्रमिकलाई राहत वितरण गरेको फियन युवा समिती अध्यक्ष जेम्स जोशीले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङ, फियनका वरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनाल,नेपाल अटो रिक्सा, ईरिक्सा तथा रिक्सा ठेला सम्बद्ध श्रमिक संघका अध्यक्ष खिला बस्नेत, फियनका उपाध्यक्ष परशुराम खनाल, महासचिव हरिराज खरेल,वासुदेव खत्री ,ट्रेड युनियन कांग्रेस भक्तपुर अध्यक्ष विष्णु खड्का, काठमाडौका निवर्तमान अध्यक्ष गणेश भट्टराई, युनिप्रेसका उपमहासचिव सुदिप बुढाथोकी ,कोषाध्यक्ष हरि बस्नेत, कृषि विकास बैंक,फियनका अध्यक्ष सुजित शाह, फियन युवा अध्यक्ष जेम्स जोशी,सहसचिव श्याम महतर कोषाध्यक्ष सोनु खड्का रन्जना ठकुलओट, सरोज बस्नेत, निर्मल घिसिङ लगायतका पदाधिकारीहरु उपस्थित थिए ।