१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


कालीमाटी क्षेत्रमा कार्यरत २ सय २२ जना प्रहरीको कोरोना रिर्पोट नेगेटिभ, दुई प्रहरी डिस्चार्ज


0
Shares

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत २२२ जना प्रहरीको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त, महानगरीय ट्राफिक प्रभाग कालीमाटी र संक्रमितको सम्र्पकमा आएका २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले २३१ मध्ये २२२ जनाको रिपोर्ट नेगेटिभ आएको र थप ९ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त सिल गरिएको थियो । जुन अझै कायमै छ । उनका अनुसार संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा छन् ।

बाँकी ९ जनाको समेत आरडीटी रिपोर्ट आउन बाँकी रहेको एसएसपी ज्ञवालीले बताए । यस्तै कोरोना संक्रमण भएका दुवै प्रहरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शसस्त्र प्रहरीको बलम्बुस्थित कोभिड–१९ अस्पतालमा उनीहरुको अन्य रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।