Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


शरद ऋतुको आरोहण : ३४ देशका १६७ आरोहीले लिए अनुमति


65
Shares

काठमाडौं । यस वर्षको शरद ऋतु (अटम सिजन) का लागि आरोहण अनुमति लिने क्रम सुरु भएको छ । पर्यटन विभागका अनुसार अटम सिजनमा ६ हिमाल आरोहणका लागि बुधबारसम्ममा १ सय ६७ जनाले आरोहण अनुमति लिएका छन् ।

१९ समूहका १ सय ३२ पुरुष र ३५ जना महिलाले विभिन्न हिमाल आरोहणको अनुमति लिएका हुन् ।

धौलागिरी (८,१६७ मिटर) का लागि ५, हिम्लुङ हिमाल (७,१२६ मिटर) का लागि ३ जना , मनास्लु (८,१६३ मिटर) का लागि १ सय ४८ जना, सगरमाथा (८८४८.८६ मिटर) का लागि ५ जना, सैवुङ (६,३४६ मिटर) को लागि १ जना र नुप्त्से (७,८५५ मिटर) का लागि ५ जना आरोहीले आरोहण अनुमति लिएका छन् । यसबाट रोयल्टीबापत २ करोड १३ लाख ३४ हजार रुपैयाँ जम्मा भएको विभागले जनाएको छ ।

यो सिजनमा रोयल्टी आधामात्रै हुने भएकाले विदेशी आरोहीको आरोहणमा आकर्षण बढेको विभागका शाखा अधिकृत विज्ञान कोइरालाले बताए ।

यो समाचार अजको कारोबार दैनिकमा प्रकाशित छ ।