Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सम्पत्ति शुद्धिकरण निवारणमा नेपालको प्रगति कमजोर

सहकारी, सेयर बजार, ब्यासिनो, विदेशी विनमिय कारोबार हुने क्षेत्र र हुण्डीका कारण कालोसूचीमा पर्ने जोखिम कायमै

208
Shares

काठमाडौं । सम्पत्ति शुद्धिकरण निवारणविरुद्ध नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धताअनुसार प्रगति नभएका कारण नेपाल फेरि कालोसूचीमा पर्ने जोखिम बढेको छ ।

स्रोत नखुलेको सम्पत्तिलाई कानुनी दायरामा ल्याउने र त्यस्ता घटना निगरानी गर्ने निकाय कमजोर हुदाँ नेपाल सम्पत्ति शुद्धिकरणमा कालोसूचीमा पर्ने जोखिम बढेको उच्च अघिकारीहरूको धारणा छ ।

नेपालले आफ्ना अन्तर्राष्ट्रिय बाचाअनुरुप गर्नुपर्ने सुधारका कार्यहरूको प्रगति कमजोर तथा ढिलाइले सम्पत्ति शुद्धिकरणको मामिलामा विश्वभरका मुलुकलाई निगरानी राख्ने फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ ) र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूह (एपीजी) को अडिट र मूल्यांकनमा असफल हुने जोखिम रहेको अधिकारीहरूको भनाई छ ।

नेपाल एफएटीएफ अन्तर्गतको एपीजीको समूहमा पर्छ । गत असारमा सुरु भएको नेपालको अडिट सकिन १८ महिना लाग्छ । मूल्यांकनकै क्रममा एपीजीको टाेली नेपालको स्थलगत अनुगमनमा २६ असोजका काठमाडौं आउँदै छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।