२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गठबन्धन बैठक : शीर्षमै ‘बार्गेनिङ’


2.418k
Shares

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट र मोडालिटीको विषयमा सत्तारूढ पाँच दलीय गठबन्धन आबद्ध शीर्ष तहमा नै असहमति देखिएको छ ।

गठबन्धनले बनाएको कार्यदलको पटक पटकको बैठकमा सिट बाँडफाँटको मोडालिटी र संख्यामा असहमति भएपछि सो विषय शीर्ष तहमा पुगेको थियो । तर, बुधबार बसेको शीर्ष तहको बैठकमा समेत नेताहरूले आ-आफ्ना दलको बार्गेनिङ राखेपछि कार्यदलमा जस्तै सिट संख्या र मोडालिटीमा विवाद भएको हो ।

‘कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेतृत्वलाई सिट संख्या र मोडालिटीबारे निर्णय गर्नेगरी प्रतिवेदन बुझाएको थियो । तर, शीर्ष तहमा पनि संख्या र मोडालिटीबारे दाबी भयो, सहमति भएन,’ बुधबारको बैठकपछि गठबन्धन आबद्ध दलका एक शीर्ष नेताले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।