१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


कपिलवस्तुमा सातमहिने नाबालक र चार पत्रकारलाई कोरोना, ५२ मध्ये ३६ जना एउटै गाउँपालिकाका


0
Shares

कपिलबस्तु । कपिलवस्तुमा शुक्रबार नाबालकसहित ५२  नयाँ सङ्क्रमित थपिएका छन् ।

थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र  बाँकी  चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए ।

सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए ।

अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा,  चार जना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र  सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको  गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले जानकारी दिए ।

जिल्लाको कृष्णनगर नगरपालिकामा आज ११ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये दुई जना नगरपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार अन्य नौ जना १४ दिनअघि भारतबाट आएका थिए  जसमा वडा नम्बर १० मा दुई , वडा नम्बर १ मा चार,  वडा नं ५ मा एक   र  वडा नम्बर २ मा दुईमा कोरोना पुष्टि भएको छ ।

उनीहरु आआफ्नो वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेका थिए । विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा दुई र  वडा नम्बर ३ मा एकमा कोरोना भाइरस सङक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिए ।

तीनैजना भारतबाट केही साताअघि निर्माण गरिएको रामशरण प्राविको क्वारेन्टिनमा बसेका थिए । उनीहरुलाई गाउँपालिकामा निर्माण गरिएको आइसोलेशनमा राखी उपचार गरिने छ ।

बुद्धभूमि नगरपालिकामा एक पत्रकारसहित अर्का वडा नम्बर ८ का एकमा सङक्रमण पुष्टि भएको छ ।

उनी केही दिनअघि भारतबाट आएर वडामा निर्माण गरिएको निम डाँडा माविको क्वारेन्टिनमा बसेको बुद्धभूमि नगरपालिकाका स्वास्थ्य प्रमुख डोलविक्रम बेल्वासेले जानकारी दिए । दुई जनाको अवस्था सामान्य  छ । 

कपिलवस्तुमा अहिलेसम्म चार पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुनः एकमा सङक्रमण देखिएसंँगै सङक्रमित पत्रकारको सङख्या चार पुगेको हो । यसअघि बाणगङ्गामा दुई र कपिलवस्तु नगरपालिकामा एक सङ्क्रमित देखिएका थिए ।

पत्रकारमध्ये  तीन पुरुष र एक महिला सङक्रमित भएका हुन् । सङ्क्रमण पुष्टि भएका दुई पत्रकार तौलिहवास्थित माहुरी होमको गेष्टहाउसमा सचालित आइसोलेशनमा तथा दुई जना बुटवलस्थित एन्फा एकेडमीको आइशोलेशन अस्पतालमा छन् ।

यससंँगै कुल सङ्क्रमितको संख्या जिल्लामा १८८ पुगेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ । सङक्रमित ५२ मध्ये ४९ भारतबाट केही साताअघि आएका  थिए । रासस