२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन


130
Shares

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको छ ।

आज हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको हो । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको पर्व हरितालिका तिजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा,आराधना गर्नुभयो ।

दर्शनका लागि पशुपतिनाथ पुग्नुभएकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तिज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दु नारीहरुले हर्षोल्लासका साथ तिज मनाएका छन् ।

आज देशभर पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । आज महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।