१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


दाङमा आठजना कोरोना संक्रमित निको भइ ‘डिस्चार्ज’


0
Shares

दाङ, जेठ १६ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७, बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालबाट शुक्रबार आठजना कोरोना संक्रमित निको भइ ‘डिस्चार्ज’ भएका छन् ।

निको भएर घर जानेमा कपिलवस्तुका चारजना, बाँके, नरैनापुरका तीनजना र दाङको गढवाका एकजना रहेका छन् ।

अहिले अस्पतालमा ३७ जना कोरोना संक्रमित रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।