
काठमाडौं । स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन् । यसपटक ती दलहरू एक्लाएक्लै भिड्न डराएका छन् ।
गत स्थानीय तह निर्वाचनमा तराई/मधेसमा मधेसकेन्द्रित ६ वटा दलले प्रतिस्पर्धा गरेका थिए। यसपटक पनि ती दलले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । यहाँसम्म कि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा सिके राउत नेतृत्वको जनमत पार्टीले समेत अन्य दलसँग गठबन्धन गर्न विभिन्न किसिमबाट प्रयास गरिरहेका छन् ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले सत्तारूढ पाँच दलीय गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग पटकपटक भेट गरेका छन् ।
कांग्रेससँग चुनावी गठबन्धन नभए एमालेसँग गर्ने लोसपाको तयारी छ । तर नागरिकता विधेयकका कारण एमालेसँग गठबन्धन गर्न लोसपाका नेताहरू अलि हच्किचाएका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्