४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


‘देश जोगाऔं’ भन्दै राष्ट्रपतिको सक्रियता

'सरकारप्रति आक्रोश, निष्पक्ष निर्वाचनप्रति संशय'

975
Shares

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणासँगै प्रमुख राजनीतिक दलहरूबीच ध्रुवीकरण बढ्दै गइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता बढाएकी छन् ।

संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै विभिन्न पक्षसँगको भेटघाट र परामर्शलाई तीव्र बनाएकी राष्ट्रपति भण्डारीले पछिल्ला दिनमा राजनीतिक दलका नेताहरूसँग छलफल थालेकी हुन् ।

सोमबार सत्तारूढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरूसँग राजनीतिक परामर्श गरेकी उनले केही दिनयता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दल र विभिन्न पक्षसँग छलफल गरिसकेकी छन् ।

सरकारप्रति निकै असन्तुष्ट देखिएकी राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै कारण मुलुकको आर्थिक अवस्था निकै कमजोर बन्न पुगेको गुनासो गरेकी छन् । तत्कालीन केपी ओली नेतृत्व सरकारले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा शपथ गराउन आदेश गराएदेखि नै वर्तमान सरकारप्रति राष्ट्रपति भण्डारी असन्तुष्ट छिन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।