३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मन्त्रालयहरुले खर्च विवरण उपलब्ध नगराउँदा प्रतिनिधिसभा बैठक स्थगित


0
Shares

काठमाडौं, जेठ २७ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा छलफल हुने कार्यसूचि रहेकोमा कुनै पनि मन्त्रालयले आफ्नो खर्च विवरण संसदलाई उपलब्ध नगराएपछि बैठक स्थगित भएको हो ।

सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, भूमि व्यवस्था तथा सहकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छलफल हुने भनिए पनि खर्च विवरण नहुँदा सभामुखले बैठक स्थगितको घोषणा गरेका हुन् ।

यसअघि, बैठक शुरु भएलगत्तै विशेष समयमा सांसद सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध सिर्जना गरिएको भन्दै आपत्ति जनाएका थिए । उनले जग्गाको मुआब्जा लिइसकेर १५ प्रतिशत काम सकिएको अवस्थामा अवरोध गर्नेमाथि कारवाही गर्न माग गरे ।