फ्रान्समा विमान कम्पनीका २ जना पाइलटबीचकाे विवादपछि दुवै जना निलम्बन « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


फ्रान्समा विमान कम्पनीका २ जना पाइलटबीचकाे विवादपछि दुवै जना निलम्बन


3.432k
Shares

एजेन्सी । फ्रान्सनमा विमान कम्पनी एयर फ्रान्सका दुई जना पाइलटबीच विवाद भएपछि दुवै जनालाई निलम्बन गरिएको छ ।

स्वीजरल्याण्डको जेनेवाबाट फ्रान्सका लागि उडान भरेको विमान उडान भर्ने बित्तिकै दुई जना चालकबीच ककपीटमा कुटाकुट भएको हाे । चालक दलका अन्य सदस्यहरूले सम्झाउँदा पनि उनीहरूबीच कुटाकुटको श्रृंखला नराेकिएपछि यात्रुहरू आत्तिएका थिए ।

ती दुई जना पाइलट मध्ये एक जनाले भने विमान पुनः जेनेवा विमानस्थलमा नै फर्काएर अवतरण गरेका थिए । घटना लगत्तै विमान पाइलटहरु परिवर्तन गरी विमान गन्तब्यतिर लगेको थियो । फ्रान्सको इतिहासमा भएको यो पहिलो घटना पनि हो ।