बाँके । बाँकेको कोहलपुरमा बजेट, भैतिक पूर्वाधार र जनशक्तिबिना नै मापोत र नापी कार्यालय उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतका भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागले आवश्यक स्रोतसाधनबीना नै मालपोत र नापी कार्यलयको उद्घाटन गराएका हुन् ।
उद्घाटन गरिएको मापोत र नापी कार्यालयबाट तत्काल सेवा दिन सकिने अवस्था छैन । सेवा कहिले सुरू हुने हो थाहा छैन, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठलाई बोलाएर दुई कार्यालयको उद्घाटन गरिएको छ । निकट चुनावलाई लक्षित गरेर हतार-हतारमा कार्यालय उद्घाटन गरेको देखिन्छ । कोहलपुरमा उद्घाटन गरिएको मालपोत र नापी कार्यालयबाट कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका जनतालाई सेवा दिने भनिएको छ ।
कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गर्नु राम्रो कुरा हो । राम्ररी सञ्चालन हुँदा त्यस क्षेत्रका तीन पालिकाका जनताले सेवा पाउँछन् । उनीहरूलाई नेपालगञ्ज नै आउनपर्ने बाध्यता हट्छ । तर, बजेट, भौतिक पूर्वाधार र जनशक्तिबिना नै उद्घाटन गरिएको कालपोत र नापी कार्यालय कहिले सञ्चालनमा आउने हो निश्चित छैन ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्