२ असार २०८१, आइतबार | Sun Jun 16 2024


‘नि:शुल्क बिजुली दिन सकिन्छ’


2.769k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भविष्यमा जनतालाई नि:शुल्क बिजुली दिन सकिने बताएका छन् ।

तर, आगामी केही वर्ष विद्युतका पूर्वाधारमा ठूलो लगानी गर्नुपर्ने भन्दै उनले सबैले विद्युत महशुल तिर्नुपर्नेमा जोड दिएका छन् । आइतबार उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले तत्कालका लागि उद्योगहरूलाई डिमाण्ड शुल्क छुट दिन नसकिने पनि संकेत गरे ।

उनले सरकारले कोभिडलगायत कारणले छुट दिएको भन्दै अहिलेसम्म करिब ९३ प्रतिशत विद्युतको पहुँच पुगेको दाबी गरे । आगामी २ वर्षका सतप्रतिशत विद्युतको पहुँच पुर्‍याउने लक्ष्य सरकारले लिएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।