Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


त्रिविमा गुन्डागर्दी कहिलेसम्म ?


182
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विभिन्न दलनिकट विद्यार्थी तथा शिक्षक संगठनको गुन्डागर्दी बढ्दै गइरहेको छ ।
कहिले विद्यार्थी संगठन त कहिले शिक्षक तथा कर्मचारी संगठनहरु विभिन्न दलका आडमा त्रिविमा तालाबन्दी गर्ने, विद्यार्थीले शिक्षक कुट्ने, विभिन्न विद्यार्थी संगठनहरु नै आपसमा भिडेर त्रिविलाई रणभूमि बनाउने, कहिले विद्यार्थी संगठनले कार्यकारी परिषदको निर्णयको माइन्युटनसमेत लुटेर विश्वविद्यालमा गुन्डागर्दी गर्ने क्रम बढ्दै गएको छ ।

यसबाट विश्वविद्यालयलाई प्राज्ञिक थलो भन्दा पनि शक्ति प्रदर्शन गर्ने थलोका रुपमा विकशित भइ विकृति बन्दै गइरहेको छ । शुक्रबार नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कार्यकारी परिषदको निर्णयको माइन्युट लुटेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।