Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सत्ता गठबन्धनलाई ओलीको प्रश्न – जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन किन अल्झाएर राखेको ?


6.4k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिजाउने कोसिस गरिरहेको आरोप लगाउनु भएको छ ।

विगतमा ६० वर्ष उमेर पुगेकाहरुलाई एमालेले मार्छ भनेर भ्रम छरे जस्तै, अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैंल्याउने कोसिस सत्तारुढ दलहरुले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

उहाँले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताउनुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जित्नैपर्ने दोहो¥याउनुभयो । राष्ट्रको हितको रक्षा र सम्मानका लागि, राष्ट्रियतको रक्षा र सम्वद्र्धनका लागि, मुलुकको स्वाधिनताको सही ढंगले प्रयोग गर्नका लागि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उहाँले बताउनुभयो ।