 
	    डडेलधुरा । डडेलधुराबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) पाईने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सवारी चालक अनुमति पत्र प्रयोगात्मक परीक्षाको उद्घाटन गर्नु भएपछि अब डडेलधुराबाट सवारी चालक अनुमति पत्र पाईने भएको हो ।
साउन १७ गतेदेखि मसान्तसम्म लिखित परिक्षा गरिएको थियो । प्रयोगात्मक परीक्षाको लागि ३ सय ४३ जनाको आवेदन परेको कार्यालय प्रमुख मेखराज उपाध्यायले बताउनुभयो ।
पहिलो पटक मोटरसाइकल, जिप र कार समुहका आवेदकको ट्रायल गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय स्थापना भए पछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यातायातका साधन तथा सवारी चालकहरुको अनुमति पत्र, नविकरण, सवारी दर्ता नामसारी, रुटपर्मिट, जाँचपास, प्रदुषण परिक्षण, सवारी पंजिकरण, लगायत सडक अनुशासन नियमन समेत गरिने छ ।
सवारी चालक अनुमति पत्र सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराबाट बितरण हुने भए पछि तराईमा हुने चाप घटनुका साथै पहाडी जिल्लाका सेवाग्राही खुशी भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्