Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


विलासी वस्तु आयात प्रतिबन्ध थप लम्बिने


338
Shares

काठमाडौं । सरकारले विदेशी मुद्रा सञ्चितीमा परेको दबाब घटाउन विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले विदेशी मुद्रा सञ्चितीको युद्ध लम्बिएको तथा विश्वभर आपूर्ति श्रृंखलामा अझै सहजता नआएका कारण महँगी अमेरिकी डलर दुवैको भाउ बढ्दै जाने आशंकाका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासी वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिने भएको हो ।

मन्त्रालयमा भएको प्रतिबन्धको समीक्षा उच्चस्तरीय बैठकले थप केही समयका लागि आयात प्रतिबन्धलाई कायम राख्ने निर्णय गरेको हो ।

आयात प्रतिबन्धपछि अर्थतन्त्रलाई केही राहत पुगेका कारण केही समय लम्ब्याउने निर्णय भएको मन्त्रालय सम्बद्ध अधिकारीको भनाइ छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।