१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


१५६ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो


0
Shares

काठमाडौं, जेठ १५ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०४२ पुगेको छ । पछिल्लो २४ घन्टामा १५६ जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

नयाँ संक्रमण पुष्टि हुनेहरुमा दैलेखका आठ, कैलालीका दुई, दार्चुलाका एक, स्याङ्जाका तीन, नवलपुरका एक, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुरका एक, बर्दियाका तीन, बाँकेका एक, झापाका २५, सर्लाहीका सात, सिरहाका छ, रौतहटका २०, दोलखाका दुई, सोलुखुम्बुका एक, बझाङका एक र सुर्खेतका १३ जना छन् ।

योसँगै ५१ जिल्लाका एक हजार ४२ जनामा संक्रमण देखिएको छ ।

कुल संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला हुन् ।

मृत्यु हुनेको संख्या पाँच

यसैबीच, कोरोनाभाइरस संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२२, बुङमतीका ५६ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पहिलेदेखि नै कलेजोसँग सम्बन्धित रोगले ग्रसित उनमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

१८७ जना निको

यस्तै, वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । योसँगै हालसम्म १८७ जना निको भएका छन् ।

भिडियो हेर्नोस्