१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


सोलुखुम्बुमा पहिलोपटक कोरोना संक्रमित फेला


0
Shares

सोलुखुम्बु, जेठ १५ । सोलुखुम्बुमा पहिलोपटक कोरोना संक्रमित व्यक्ति भेटिएका छन् ।

सोलुदूधकुण्ड नगरपालिका–८ का २७ वर्षीय एक पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिइन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहित बिरामी परेपछि उनलाई फाप्लु अस्पतालको ‘आइसोलेसन वार्ड’मा राखेर उपचार भइरहेको थियो ।

कोरोना पुष्टि भएसँगै बिहीबार उनलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र पठाइएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दोस्रोपटक गरिएको उनको ‘पीसीआर’ परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको हो ।

संक्रमित युवक दुई वर्षअघि वैदेशिक रोजगारीबाट आएर गाउँमा घर बनाउने काम गर्दै आएको बताइएको छ ।

ती युवकसँगै स्वाब पठाइएको अरु दुईजनाको रिपोर्ट भने ‘नेगेटिभ’ आएको जनाइएको छ ।