
काठमाडौं, जेठ १५ । सरकारले स्वास्थ्य सचिवको सरुवा गरेको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै विवादमा परेका स्वास्थ्य सचिव यादवप्रसाद कोइरालाको सरुवा गरिएको हो ।
उनलाई स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा सरुवा गरिएको हो ।
मन्त्रिपरिषद बैठकबाट सचिव कोइरालाको सरुवा गरिएको जानकारी सरकारले नदिए पनि उनको नाम भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अद्यावधिक गरेको छ ।
उता, स्वास्थ्य सचिवको जिम्मेवारी भने लक्ष्मण अर्याललाई जिम्मेवारी दिइएको छ । अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्